|  

माइक्रोसफ्टले एकै पटक २०० कर्मचारी निकाल्ने

२८ श्रावण, काठमाडौं । आईटी क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले एकैपटक २०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।

एक महिनाअघि मात्रै माइक्रोसफ्टले १८०० जना कर्मचारी हटाउने घोषणा गरेको थियो र त्यसको एक महिनापछि कम्पनीले थप २०० कर्मचारीलाई हटाउने घोषणा गर्दैछ । यसपटक कम्पनीले ग्राहक केन्द्रित अनुसन्धान र विकास विभाग (आर एन्डडी विभाग) बाट कर्मचारीलाई निकाल्दैछ । कम्पनीले जागिर हटाउने घोषणा गरेपछि कम्पनीहरुमा जागिर लगाइदिने एजेन्टहरु प्रभावित भएका छन ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन पोस्टका अनुसार कम्पनीको यो निर्णयले एजेन्टहरुको काममा असर गर्न सक्छ । मन्दीको डरले कम्पनीले यस्तो निर्णय गरेको हो ।