|  

शिक्षामन्त्री पौडेलद्धारा नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह

२८ श्रावण, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् ।

आज राजधानीमा आयोजित  नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धीु अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताए ।यसका साथै उनले शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिबद्ध रहेको पनि  बताए ।

शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि उनले आग्रह गरे ।

यति मात्र नभइ मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताए । उनले पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको बताए ।