|  

थापाथली पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेपछि.......

२८ श्रावण, काठमाडौं । काठमाडौंस्थित थापाथली पुलबाट एक महिलाले बागमती नदीमा हाम्फालेकी छन् । आज (शनिबार) अपराह्न ४ बजे पुलबाट बागमती नदीमा एक महिलाले हाम्फालेको प्रहरीले जनाएको छ ।

ती महिलाको उद्धार गरिएको छ। र उनको उपचारको लागि वीर अस्पताल लगिएको छ । उनको पहिचान खुलिसकेको छैन। प्रहरीले घटना सम्बन्‍धमा थप अनुसन्धान अघि बढाएको छ।