|  

प्रिमियर लिगः आर्सनलले लेस्टरलाई हराउँदा बर्नमाउथ म्यानचेस्टर सिटीसँग पराजित 

२९ श्रावण, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ ।

गय राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले हराएको हो । आर्सनलले लगातार दोस्रो जित पनि निकाल्दै ६ अंक जोडेको छ ।  हारेको लेस्टको १ अंक छ ।

गय रातीको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले हराएको छ । यस जितसँगै सिटीले नयाँ सिजन लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ ।

त्यस्तै, हिजो नै भएका अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२ गोलको बराबरी खेलेका छन । ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेलेका छन । एस्टन भिल्लाले एभर्टनलाई हराएको छ ।