|  

 प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको बिजोग देख्दा श्रमदान गर्न मन लाग्योः हर्क साम्पाङ

२९ श्रावण, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख  हर्क साम्पाङ काठमाडौँ आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् ।

उनी उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले काठमाडौँ आएका हुन् । साम्पाङले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’