|  

फिल्म ‘बाबरी’ असोज १४ गते रिलिज हुने

२९ श्रावण, काठमाडौं । फिल्म ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ ।

निर्देशक सुरेन्द्र पौडेलले दशैंको फूलपातीको दुई दिनअघि फिल्म रिलिज हुने जानकारी दिए ।त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म भदौ ३१ गते आउने तयारीमा थियो । पूर्वनिर्धारित मिति स्थगित गर्दै बाबरीले दशैंलाई प्रदर्शन डेटको रुपमा तय गरेको हो ।

बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको ‘बाबरी’लाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गरुङको संगीत तथा एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको छ । पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन्