|  

फाइभ- जी प्रयोगकर्ताको सङ्ख्या करिब ४३ करोड पुगेको चीनको दाबी

२९ साउन, काठमाडाैं ।

चीनमा मे महिनाको अन्त्यसम्ममा फाइभ-जी मोबाइल प्रयोगकर्ताको संख्या ४२ करोड ८० लाख पुगेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) ले मङ्गलबार जनाएको छ।

मन्त्रालयका अनुसार मेको अन्त्यसम्म १७ लाख फाइभ-जी बेस स्टेशनहरू शुरू गरेको थियो।सुधारिएको सञ्जाल पूर्वाधारले डिजिटल अर्थतन्त्रको विकासको लागि बलियो जग खडा गरेको छ पनि मन्त्रालयले उल्लेख गरेको छ ।

प्रविधिलाई जीवनका सबै क्षेत्रमा व्यापक रूपमा लागू गरिएको र त्यसले उत्पादन उद्योगको डिजिटल रूपान्तरणलाई बढावा दिएको पनि मन्त्रालयले जनाएको छ ।फाइभ-जी औद्योगिक आधारहरूलाई थप सुदृढ गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रालयद्वारा जारि विज्यप्तिमा जनाइएको छ ।