|  

इङ्लिस प्रिमियर लिग ३० औं वर्षमा प्रवेश

३० श्रावण, काठमाडौं । इङ्लिस फुटबलको शीर्ष डिभिजन इतिहासमा सर्वोत्कृष्ट भएको प्रिमियर लिगको आज ३०औं वार्षिकोत्सव मनाइँदैछ  ।

प्रिमियर लिगको ३० वर्षमा ११ हजार ६ सय ५६ खेलहरू भएका छन् भने ३१ हजार १६ गोल गरिएको छ । जुन गोलहरू २ हजार ५ सय २८ खेलाडीबाट निस्किएका थिए । १ सय २० फरक राष्ट्रका ४ हजार ५ सय ३४ खेलाडीले हालसम्म प्रिमियर लिग खेलेका छन् । जसमा सबैभन्दा धेरै १ हजार ६ सय ३२ इङल्यान्डका , २ सय २१ फ्रान्सका र २ सय १० स्कटल्यान्डका खेलाडी समावेश छन ।

एलन सियरर हालसम्मका सर्वाधिक गोलकर्ता हुन । उनले २ सय ६० गोल गरेका छन् । जुन प्रिमियर लिगको कुल गोल संख्याको ०।८४ प्रतिशत हो । गोल गर्ने खेलाडी भन्दा बढी ३ हजार २ सय १७ खेलाडीले कार्ड पाएका छन । जसमा ३५ हजार ३ सय १२ कार्ड देखाइएका मध्य १ हजार ७ सय एक रातो कार्ड थिए । तीमध्ये रिचार्ड ड्युन, डुनक्यान फग्र्युसन र प्याट्रिक भिएराले समान आठ आठ रातो कार्ड पाएका छन् । उनीहरु प्रिमियर लिग इतिहासमा सबैभन्दा धेरै रातोकार्ड पाउने खेलाडीमा पर्छन । ग्यारेथ बारीले कीर्तिमानी १ सय २३ एल्लोकार्ड पाएका छन् ।

प्रिमियर लिगमा विभिन्न ५० क्लबहरु छान् । जसमा सात क्लबले कम्तीमा एकपटक उपाधि जितेका छन । ४२ टिम रेलिगेसनमा परेका छन । म्यान्चेस्टर सिटी, ब्ल्याकवर्न र लेस्टर सिटीले उपाधि जित्नेदेखि लिएर रेलिगसनसम्म दुवै अवस्था सामना गरेका छन ।

प्रिमियर लिगमा ९ सय ५५ खेलहरू गोलरहित बराबरी भएका छन । जुन सबै खेलको ८।२ प्रतिशत हो । पाँच खेलमा १० गोल भाएका छन । सबै भन्दा धेरै प्रोट्समाउथ र रिडिङको खेलमा ११ गोल भएको थियो । सन् २००७ मा भएको उक्त खेलमा रिडिङविरुद्ध प्रोट्स माउथले ७-४ गोलको नतिजामा जित निकालेको थियो ।

त्यस्तै, प्रिमियर लिग इतिहासमा हालसम्म ३ सय ६८ मिलियन दर्शक साक्षी रहेका छन । जसमा हजारौं सुरूवातदेखिका छन । यी सबै हेर्दा सन १९९२÷९३ देखि अहिलेसम्म फुटबल नाटकीय रूपमा विकास भएको छ ।