|  

भारतीय स्वतन्त्रता सङ्ग्राममा हनुमाननगर (सप्तरी) प्रकरणको महत्व

३० श्रावण, काठमाडौं । विश्वको महत्वपूर्ण क्रान्तीहरू मानव सभ्यतालाई दिगर्दशन दिने गर्दछ ।

फ्रेन्च राष्ट्रिय क्रान्ती र अमेरीकी स्वतन्त्रता संग्राम जस्तै भारतीय स्वतन्त्रता सङ्ग्रामको पनि विश्वको प्रजातान्त्रिक इतिहासमा महत्वपूर्ण स्थान रहेको छ । भारतले स्वतन्त्रता दिवसको अमृत महोत्सव मनाइरहेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि भारतीय स्वतन्त्रता आन्दोलनको गहिरो प्रभाव रहेको छ । भारतीय स्वतन्त्रता आन्दोलनको लडाईमा नेपाल भूमीको योगदान पनि नेपाल भारत सम्वन्धको इतिहासमा महत्वपूर्ण अध्याय रहेको छ । भारत स्वतन्त्रता आन्दोलनको निर्णायक लडाई सन् १९४२ वाट सुरू भएको थियो । यसलाई “भारत छोड” आन्दोलन भनिन्छ ।

सन् १९४२को आन्दोलनको नेतृत्व भारतका युवा पुस्ताहरूले गरेका थिए । अङ्ग्रेज विरुद्ध भएको सो आन्दोलनमा भारतीय समाजवादी नेता डा. राममनोहर लोहिया, जयप्रकाश नारायण, सूर्य नारायण सिंह लगायत दर्जनौ नेताहरूलाई गिरफ्तार गरी हजारीवाग जेलमा राखिएको थियो । सन् १४२४ आन्दोलनताका वी.पि. कोइराला पनि भारतमा जेलमा नै थिए । हजारीवाग जेलको प्रखाल ५४ फिट अग्लो थियो । जे.पी. र डा. लोहिया लोहियाको प्रभाव आन्दोलन कारी युवा पुस्तामा अधिक थियो । जे.पी. अमेरिकी विश्व विद्यालयवाट उच्च शिक्षा प्राप्त गरेर भारतीय स्वतन्त्रता आन्दोलनमा होमिएका थिए भने डा. लोहिया २३ वर्षको उमेरमा “नुन सत्याग्राह” को विद्यावारिधी गरेर जर्मनीवाट भारतीय स्वतन्त्रता संङ्ग्रामको लडाइको अग्रपङ्क्तिमा  थिए ।

जे.पी. र डा. लोहियालाई समाजवादको स्रष्टा र द्रष्टाको रुपमा उच्च आदरका साथ ग्रहण गरिन्छ । हजारीवागको जेलमा रहुनजेलसम्म स्वतन्त्रता आन्दोलन निष्कर्श पुग्न नसक्ने कुरा आन्दोलनकारीहरू बुझाई थियो । अदभुत पौरख र अदम्य शाहसका साथ उनीहरू हजारवागी जेल तोडि मुमिगत रुपमा आन्दोलन सञ्चालन गर्न नेपालको सप्तरी जिल्ला स्थित वरसाइने गाउ‘मा रामेश्वर प्रसाद सिंहको घरमा आइपुग्नु भयो । उनीहरूलाई रामेश्वर बावुले शरणार्थीको रुपमा नभई अतिथीको रुपमा आदरका साथ आतिथ्य प्रदान गरे ।

रामेश्वर वावुलाई प्रजातान्त्रिक मूल्य र मान्यताको उच्च चेत थियो । कालान्तरमा नेपाली काङ्ग्रेसको स्थापनामा रामेश्वर वावुको महत्वपूर्ण भुमिका रहेको छ । जे.पी. र डा. लोहियालाई आफ्नो घरमा आतिथ्य प्रदान गर्नु अति जोखिमपूर्ण काम थियो । जे.पी. र लोहियाका साथै त्यो समुहमा भारतमा उच्च स्तरीय नेतृत्व पङ्क्ति पनि थियो । तिनीहरूमा आनन्दि प्रसाद सिंह, कार्तिक प्रसाद सिंह, शिवनन्दन मण्डल, चित्रनारायण शर्मा, शियाराम सिंह (नागा बावा) लगायत अरु मूर्धन्य व्यक्तित्वहरू पनि थिए ।

यसैबीच भारतीय नेताहरूको संख्या बढ्दै जादा जयप्रकाश नारायणले उत्साहित भई काङ्ग्रेस सोसलिष्ट पार्टीको सम्मेलन सप्तरीमा नै गर्ने विचार गर्नु भयो । काङ्ग्रेस सोसलिष्ट पार्टी भरतीय राष्ट्रिय काङ्ग्रेसको नै एकाई थियो । यसका लागि जे.पी.ले रामेश्वर वावुलाई आग्रह गर्नु भयो । नेपालमा राणा शासन भएकोले यो काम असाध्यै गम्भिर प्रकृती र प्रवृतीको थियो । भारतको अङ्ग्रेज शासन र नेपालको राणा शासन विच मैत्री चूलिएको अवस्था थियो । रामेश्वर वावु वडो जोखिम लिएर आफ्नै खर्चमा भूमिगत रुपमा सप्तरीको पश्चिमी भेग राजपुर भन्ने गाउ‘मा भारतीय सोसलिष्ट सम्मेलन गराउनु भयो । यसमा भारतको हरेक प्रान्तको उच्च स्तरीय नेतृत्व गणको सहभागीता थियो । जम्मा १५० प्रतिनिधि थिए । जे.पी. र डा. लोहिया नेपालीहरूको आतिथ्यवाट ओतप्रोत भए र फेरी सहयोग लागि अपिल गरे । अर्थात् भारतीय स्वतन्त्रता आन्दोलनलाई प्रभावकारी बनाउन सप्तरी जिल्लामा भूमिगत रुपमा गुरिल्ला सैन्य तालिम केन्द्र सञ्चालन गर्न रामेश्वर वावुसंग आग्रह गरे ।

रामेश्वर वावुले यसका लागि सप्तरीको पश्चिम भेगलाई उपयुक्त ठान्नु भयो । तदनुरुप सप्तरीको पश्चिम भेग कुशाहदेखि माथि चुरे पहाडको फेदीमा रहेको सुरुङ्ग जङ्गलमा “आजात दास्ता” नामाकरण गरी भूमिगत रूपमा सैन्य गुरिल्ला सैन्य तालिम दिन थालियो । तालिम दिनेहरूमा सुर्य नारायण सिंह, नित्यानन्द सिंह, गुलावी सोनार लगायत १८ प्रशिक्षक थिए । अर्को तर्फ रामेश्वर वावुले जयप्रकाश नारायण, डा. लोहिया विजया पटवद्धन लगायत उच्च नेतृत्वलाई आफ्नो जमिनदारी कामत कोशिपारीको टपु स्थित कुशाहामा भूमिगत तरिकाले वसोवास गर्ने व्यवस्था मिलाउनु भयो । जे.पी. र डा. लोहियाले भारतीय स्वतन्त्रता संग्रामलाई त्यहीवाट दिशावोध गर्नु हुन्थ्यो ।

सुराकीको माध्यमवाट राणा नेतृत्वले थाहा पाउन वित्तिकै सेना पठाएर डा. लोहिया, जयप्रकाश नारायण र विजया परर्वहनलाई कैद गरी हनुमाननगर जेलमा चलान गरे । डा. लोहिया र जयप्रकाशको कैदको खवर एउटा ठुलो घटना थियो । जयप्रकाश र डा. लोहियाको नेतृत्व र दिगदर्शन विना आन्दोलनको राप र ताप बढाउन कठिन थियो । क्रान्तीकारीहरूले रामेश्वर वावुलाई फेरी अपिल गरे । आग्रहलाई स्वीकार गर्दैै आप्mनो भतिजा तारिणी प्रसाद सिंहलाई पथ प्रदशकको रूमा पठाई जेल माथि आक्रमण गरी भारतीय नेताहरूलाई मुक्त गरियो । रामेश्वर वावु राणा शासकको क्रोधको शिकार बने । रामेश्वर वावु लगाय दर्जनौ नेपालीहरूलाई राणाहरू मुद्दा चलाई काठमाडौं जेल चलान गरे ।

हनुमाननगर घटना पश्चात जयप्रकाश र डा. लोहियाको नेपाल र नेपाली प्रति सदभाव र सहानभूति अभूतपूर्वले बढ्यो । रामेश्वर वावु २००३ देखि नेपाली राष्ट्रिय काङ्ग्रेसको आवद्ध भइसकेका थिए । सन् २००४ सालको नेपाली काङग्रेसको दरभङ्गा महाअधिवेशनमा रामेश्वर वावुले सबभन्दा अधिक धनराशी खर्च गर्नु भएको थियो ।  २००४ सालको दरभङ्गा महाधिवेशनको उद्घाटन डा. लोहियाले गर्नु भएको थियो । हनुमाननगर प्रकरण नभएको भए २००७ सालको क्रान्ती यति छिटै नहुने तर्फ प्रदिप गिरीको रहेको छ । रामेश्वर वावुको योगदानलाई भारत र नेपालले समुचित कदर गरेको छैन । नेपाली काङ्ग्रेस २०४६ पश्चात लामो समयसम्म सरकारमा रहे तापनि रामेश्वर वावुको नाममा कुनै उच्च स्तरको संघ संस्था पनि खोल्न सकेको छैन ।

नयॉ पुस्तालाई आफ्नाे संस्थापक सदस्यको कृतित्वको वारेमा पनि ज्ञात गराएको छैन । यस अर्थमा रामेश्वर वावुको योगदानलाई कदर गर्नु नेपाल र भारतको नैतिक दायित्व हो । हनुमाननगर प्रकरणले नेपाल भारतको जन जन र मन मनको सम्वन्धलाई बिम्बित गर्दछ । भारतको स्वतन्त्रताको अमृत महोत्सवको अवसरमा नमनः