|  

भारतले मनायो ७६ औँ स्वतन्त्रता दिवस

३० श्रावण, काठमाडौं । भारतले आज ७६ औं स्वतन्त्रता दिवस मनाएको छ ।

भारतले सन १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । काठमाडौंस्थित भारतीय दूतावासले यस पटक ‘आजादी का अमृत महोत्सव’ को रूपमा ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।

No description available.

सोही अवसरमा दूतावासका काउन्सिलर श्री प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए ।

सम्बोधनका क्रममा राष्ट्रपति मुर्मूले भारतको स्वतन्त्रताका लागि भारतका स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरेकी थिइन । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरिन ।

यसैवीच, दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गरी सम्मान गरेको छ ।

 

साथै दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कृत दिएको छ । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन पे्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।

No description available.कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरेका छन् । उक्त कार्यक्रम भारतीय दूतावासको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ ।