|  

अब साझाा यातायातले  इन्धन गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने 

३० श्रावण, काठमाडौं । साझा यातायातले इन्धन गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने तयारी थालेको छ ।

यसका लागि पहिलो चरणमा कम्पनीले आफ्नै इन्धन गाडीलाई विद्युतीय बनाउने भएको छ । यो परीक्षण सफल भए अन्य सवारीलाई पनि विद्युतीय सवारीमा रुपान्तरण गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । अहिलेलाई कम्पनीले आफ्नै इन्धन गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने र यदि त्यो सफल भएमा अन्य सवारीलाई पनि रुपान्तरण गर्नुका साथै इन्धन गाडीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने बताइएको छ ।

यसका लागि कम्पनीले विद्युतीय कन्भर्जन किट अर्थात् इन्धन गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न आवश्यक सामग्रीहरू खरिद गर्न टेन्डर आह्वान गरेको छ । कम्पनीले एक लाख ७० हजारको टेन्डर आह्वान गरेको हो । टेन्डरमा कम्पनीले विद्युतीय पर्पल्सन प्रणाली, ब्याट्री, कन्ट्रोलर र अन बोर्ड चार्जर खरिदका लागि उक्त टेन्डर आह्वान गरेको हो ।