|  

जुम्लीमा खस भाषाको अभिलेखिकरण गरिँदै 

३० श्रावण, काठमाडौं । जुम्लामा खस भाषाको अभिलेखिकरण गरिने भएको छ ।

स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो  ।खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थालेको बताइएको छ ।

गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको छ । अब स्थानीय तह र सरोकारवालहरूको बैठक बसेर थप छलफल गर्न जोड दिएको छ । अब खस भाषाको लिपी भएको शब्दकोष अभिलेखीकरण तथा कम्प्यूटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको छ ।

यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिँजामै प्रशिक्षण सञ्चलन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ । उक्त भाषा अभिलेखिकरणका लागि राष्ट्रपतिकोमा प्रतिवेदन समेत पठाइएको छ । अध्यक्ष अवस्थीका अनुसार खसभाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्ण समेत आयोगले तयार पारिसकेको छ ।