|  

फिल्म ‘बाबरी’ को ट्रेलर सार्वजनिक

३० श्रावण, काठमाडौं । सुरेन्द्र पौडेलद्धारा  निर्देशित फिल्म ‘बाबरी’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।

फिल्ममा धिरज, अदिती र धिरजसँगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङलगायत कलाकारको अभिनय छ। धिरज नाडकर यही फिल्मबाट डेब्यू गर्दैछन्। फिल्म दसैंको अवसर पारेर असोज १४ गतेदेखि प्रदर्शन हुनेछ।