|  

रुखबाट लडेर १ जनाको मृत्यु 

३० श्रावण, काठमाडौं । मोरङमा दाउरा काट्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुन्दरहरैँचा-११ का ५५ वर्षीय अमिलाल थारु रहेका छन् । थारुको सुन्दरहरैँचा नगरपालिका-८ स्थित सलकपुर सामुदायिक वनमा सोमबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।

रुखमा चढेर दाउरा काट्ने क्रममा दिउँसो ३ः४० बजेतिर लडेर थारु गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याई पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्।