|  

मेराे इन्गेजमेन्ट तोड्ने निर्णय पितृसत्तात्मक सोचविरुद्ध होः मेलिना राई

३१ श्रावण, काठमाडौं । संगीतकर्मी सञ्जीव बराइलीसँग गायिका मेलिना राईले इन्गेजमेन्ट गरेर तोडेकी छन् ।

गायिका राईले बराईलीसँग इन्गेजमेन्ट गर्ने पहिलो निर्णय जातीय विभेदविरुद्ध र यो तोड्ने दोस्रो निर्णय पितृसत्तात्मक सोचविरुद्ध भएको बताएकी छन् । केही दिनअगाडि मेलिनाले दुई जनाबीच विचार नमिलेको भन्दै बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी थिइन ।

उनले भनेकी छन्, ‘मेरो पहिलो निर्णय-समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय- पितृसत्तात्मक सोचको विरुद्धमा हो ।’ गायिका मेलिनाले मान्छे मान्छे बीचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्नेमा जोड दिदै समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी रहेको बताइन ।