|  

लामखुट्टेबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

३१ श्रावण, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेबाट जोगिन आग्रह गरेको छ ।

विभिन्न रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट जोगिन मन्त्रालयले आग्रह गरेको छ । पूरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने गर्नाले लामखुट्टेको टोकाइबाट जोगिन सकिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्नुपर्छ । साँझ र बिहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदारबालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस भनेर विशेष सावधानी अपनाउनुपर्छ । गमलाको प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्नुपर्छ । पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्नु पर्छ ।’