|  

सलमान अभिनित फिल्म ‘टाइगर ३’ को टीजर सार्वजनिक

३१ श्रावण, काठमाडौं । सलमान खानको ‘टाइगर ३’ को टीजर सार्वजनिक गरिएको छ ।

आगामी अप्रिल २१ मा रिलिज मिति तय भएको फिल्मको टिजरमा सलमान र कट्रिना कैफ दमदार एक्शनका साथ देखिएका छन । भरपुर एक्सनले भरिएको फिल्मको टिजर र रिलिज मिति अभिनेत्री कट्रिनाले आफ्नो सामाजिक संजालमा पनि शेयर गरेकी हुन ।  फिल्म हिन्दी, तमिल र तेल्गुमा रिलिज हुनेछ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यापार गरेको फिल्को तेस्रो सिक्वेलाई दर्शकको विषेश चासो छ ।

‘टाइगर ३’लाई मनिष शर्माले निर्देशन गरेका हुन । फिल्मको छायांकन हालै दिल्ली र आसपासका क्षेत्रमा पूरा गरिएको हो । यसअघि यो फिल्मलाई रुस र टर्कीमा पनि खिचिएको छ । ‘टाइगर ३’मा अभिनेता इमरान हासमी पनि मुख्य भूमिकामा देखिंदैछन ।