|  

बालिका बलात्कार गरेको आरोपमा १ जना पक्राउ

३१ श्रावण, काठमाडौं । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका ११ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिन स्थित फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए । बुढाथोकीले शनिबार राती बालिकालाई बलात्कार गरेको आरोप छ । बालिकाका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।