|  

निहारिकाको बच्चाको डिएनए टेस्ट हुनुपर्छः गंगा चौधरी (भिडियोसहित)

३१ श्रावण, काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले सामाजिक सेवाबाट विमुख भएर नेताहरु कमाउने धन्दामा लागेको आरोप लगाएकी छन् ।

हेडलाईन नेपालको हेडलाईन विशेषमा कुरा गर्दै उनले समाज र राजनितिबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिदै उनले यस्तो बताएकी हुन् । उनले हाम्रो देशमा गरिव र उत्पीडनमा परेका वर्गहरुका लागि न्याय मरिसकेको गुनासो समेत गरिन । उनले भष्ट्राचार र दलालीलाई उन्मुक्ति दिइन थालिएको भन्दै हाम्रो देशमा न्याय मारिएको टिप्पणी गरिन । उनले भनिन्, ‘कानुन कार्यान्वयनको पाटोमा फितलो छ । राजनितिक हस्तक्षेप रहेको छ जसकारण अन्यायमा परेकाहरुले न्याय पाएका छैनन् ।

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतको प्रसङग जोड्दै उनले आफु सधै सत्यको पक्षमा हुने दाबी गरिन । निहारिकाको खास माग पनि छैन, उनले किन न्याय पाएकी छैनन् मैले नि बुझ्न सकिरहेको छैन । त्यो पुरुषको बच्चा हैन भने डिएनए टेस्ट गर्न किन डराउनु ? ।’ निहारिकाको बच्चाको डिएनए टेस्ट हुनुपर्ने उनको माग छ ।