|  

थप ८४८ जनामा कोरोना पुष्टि, १ को मृत्यु

३१ श्रावण, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट २ हजार ७ सय २२, एन्टीजेन विधिबाट २ हजार ८ सय ९७ जनामा परिक्षण गर्दा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । आज ५ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ५ हजार २ सय ५९ रहेको मन्त्रालयले जनाएको छ ।