|  

मार्बल बोकेको ट्रेलरले जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

३१ श्रावण, काठमाडौं । धादिङमा मार्बल बोकेको ट्रेलरले जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

आज चितवनबाट काठमाण्डौ जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले बाग्मती प्रदेश-०१-०२५ च ७८७२ नम्बरको जीपलाई ठक्कर दिएको हो ।

ठक्कर दिँदा जीपमा रहेका ज्वालामुखी गाउँपालिका-१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धादिङल जनाएको छ ।

गल्छी गाउँपाकिला ६ चिरौदी पुलमा ट्रेलरले जीपलाई ठक्कर दिएको हो ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।