|  

उपत्यकामा थप २७१ जनामा कोरोना पुष्टि 

३१ श्रावण, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा २ सय ३५, भक्तपुरमा ७ र  ललितपुरमा २९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार ४ सय ३८ पुगेको छ ।

आज देशभर रहेका ५ हजार २ सय ५९ जना सक्रिय संक्रमितमध्ये ५ हजार ५२ जना होम आइसोलेसनमा र १ सय ९७ जना संस्थागत आइसोलेसन छन्  ।

अस्पतालमा रहेकामध्ये ६८ जना आईसीयूमा र चारजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।