|  

नेदरल्यान्डविरुद्ध पाकिस्तान १६ रनले विजयी

१ भदौ, काठमाडौं । नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाहुना टोली पाकिस्तानले विजयी हासिल गरेको छ ।

गय राति भएको खेलमा पाकिस्तान १६ रनले विजयी भएको हो । योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ । पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो ।