|  

दक्षिण अफ्रिकाले आज इंग्ल्यान्डको सामना गर्दै

१ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाले आज लड्र्समा हुने पहिलो टेस्टमा इंग्ल्यान्डको सामना गर्दै छ ।

दुवै टिम बलिङमा बलियो देखिएको छ । यसको ठीक विपरीत ब्याटिङमा केही कमजोरी छ । विशेषतः प्रारम्भिक ब्याटर जोडीमा दक्षिण अफ्रिका बलियो छ । इंग्ल्यान्डले १७ टेस्टमा एकै जितमात्र निकालेको स्थितिबाट अविश्वसनीय रूपमा उत्कृष्ट प्रदर्शन गर्दै पछिल्ला चार टेस्ट जितेको छ । यसक्रममा इंग्ल्यान्डले विश्व च्याम्पियन न्युजिल्यान्डमाथि तीन टेस्टको शृंखला ३-० ले जितेको थियो । त्यसपछि इंग्ल्यान्डले एजबास्टनमा भएको टेस्टमा भारतलाई ७ विकेटले हराएको थियो । यस जितका लागि उसले ३ सय ७८ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।

विशेषतः दक्षिण अफ्रिकको पेस आक्रामण निकै बलियो रहेको छ । यस टिमविरुद्ध इंग्ल्यान्डको यो रणनीति परीक्षाबाट गुज्रिने छ ।