|  

आज सुनचाँदीकै भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

१ भदौ, काठमाडौं । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ सय रुपैयाँ घटेर प्रतितोला सुनको मूल्य ९६ हजार २ सय कायम भएको हो । अघिल्लो दिन सुन प्रतितोला ९६ हजार ७ सयमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै,चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।