|  

हर्क साम्पाङले आज प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट्दै (भिडियोसहित)  

१ भदौ, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ यतिबेला काठमाडौंमा रहेका छन् । उनी केहि चर्चित ब्यक्ति लगायत विभिन्न मन्त्रीसँग भेटघाटमा ब्यस्त छन् ।

उनले धरानका केहि योजनाहरुको फलोअप गर्नुका साथसाथै स्थानीय सरकार र केन्द्र सरकारवीचको सम्बन्ध सुमधुरका लागि आफुले भेटघाट कार्यक्रम गरेको बताएका छन् ।  आज उनले गृहमन्त्री र प्रधानमन्त्रीसँग भेट गर्ने बताइएको छ ।

यसअघि उनी हिजो स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रालय पुगेका थिए । त्यस्तै उनले अर्थमन्त्री जनार्दन शर्मासँग हिजो विभिन्न योजनाका बारेमा छलफल गरेका थिए ।