|  

सेयर बजार नेप्से ०.३६ अंकले घट्यो

१ भदौ, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सेयर बजार नेप्से घटेको छ ।

आज नेप्से शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४० दशमलव ७० विन्दुमा झरेको छ । आज बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको सेयर सामान्य घटेको छ ।

विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहको सेयर भने सामान्य बढेको छ ।आज दुई सय २० वटा कम्पनीको ३४ लाख ९७ हजार कित्ता सेयर एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भयो ।आज साम्लिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्तको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि आज अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, मन्दाकिनी हाइड्रो, श्वेतगंगा हाइड्रो र सपोर्ट लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।