|  

सुधार केन्द्रमा रहेका एक व्यक्तिको शंकास्पद मृत्यु

१ श्रावण, काठमाडौं । नेपालगन्जस्थित आरम्भ पुनर्स्थापना सुधार केन्द्रमा रहेका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ ।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ का ५२ वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० मा रहेको सुधार केन्द्रमा उनलाई असहज भएपछि अस्पताल पुर्‍याउँदै गर्दा बुधबार बिहान बाटोमै मृत्यु भएको हो  ।

उनी एक हप्ताअघि मात्र उक्त सुधार केन्द्रमा आएका थिए । मृतकको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको छ । अधिकारीको मृत्युका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।