|  

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जना पक्राउ 

१ भदौ, काठमाडौं । बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फोहोर विसर्जनमा अवरोध गर्ने एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि नेपाल प्रहरीका दुईजना एसपीको कमाण्डमा दुई सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

बञ्चरेडाँडामा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र नुवाकोटका एसपी रमेश पण्डित नेतृत्वको टिम परिचालन गरिएको छ ।फोहोर बिसर्जन स्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारीको नेतृत्वमा बञ्चरे डाँडामा डेढ सय भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन् ।अहिले सहज रुपमा फोहोर विसर्जनको काम भइरहेको बताइएको छ ।