|  

देशभर थप ८५२ जनामा कोरोना पुष्टि, ३२८ डिस्चार्ज

१ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ३ हजार ८ सय ७६, एन्टीजेन विधिबाट २ हजार ५ सय ७ जनामा परिक्षण गर्दा थप ८ सय ५२ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । त्यस्तै आज ३ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना सक्रिय संक्रमित संख्या ५ हजार ४ सय ६२ रहेको मन्त्रायले जनाएको छ ।