|  

उपत्यकामा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौंमा २ सय ६१, भक्तपुरमा ६३ र ललितपुरमा ५५ संक्रमित थपिएका हुन् ।हाल देशभर कोरोनाका ५  हजार ४ सय ६२ सक्रिय संक्रमित छन् । तीमध्ये ५ हजार २ सय ७९ जना होम आइसोलेसनमा र २ सय ३ संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा उपचाररतमध्ये ५९ संक्रमित आईसीयूमा र सातजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।