|  

आज एम्बुलेन्सका ४ चालकसहित कलेजका ५१ विद्यार्थी कारबाहीमा 

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज कलेजका ५१ विद्यार्थी र चालकहरु कारबाहीमा परेका छन् ।

कलेजका विधार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएको हो । जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालक कारबाहीमा परेका छन् ।

आज नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लंघन गर्ने पानी ट्यांकरका चालक १०७ जना, एम्बुलेन्सका चालक ४ जना र २१६ जना अन्य सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । यसका साथै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एकजना गरी ३२८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।का प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।