|  

जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

१ भदौ, काठमाडौं । दार्चुलाको शैल्यशिखर ६ उल्टानीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसका साथै दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आइसकेको छैन । दुर्घटना के कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।