|  

आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छः कुलमान घिसिङ

१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् ।

प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको भन्दै वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत् निर्यात गर्न सफल भएको उनले बताए ।बुधबार राजधानीमा आयोजित  प्राधिकरणको ३७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । उनले भने, ‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ ।

जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ । उकालो लागिरहन्छ । तपाइँहरूलाई प्रतिवद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ ।

यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले विद्युत् व्यापार गर्न सफल भएको छ । सानो झिल्कोले पनि ठूलो काम गर्छ । यो सुरुआत हो । शुरुआतमा केही शुभ संकेत देखाएका छौं । आगामी दिन धेरै राम्रो बन्दै जानेछ ।’