|  

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै एक जुट भएर जुटौंः आरजु

१ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवाले आम निर्वाचनमा पार्टीलाई पहिलो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताएकी छन् ।

आज राजधानीमा नेपाल महिला संघ केन्द्रीय समितिले  आयोजित गरेको कार्यक्रममा बोल्दै राणाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन सबै एक जुट भएर अघि बढ‍नुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘स्थानी तह निर्वाचनको परिणामले कांग्रेसप्रति जनताको विश्वास बढेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेसलाई  एक नम्बरको  ठूलो पार्टी बनाउन सबै जुटौं।’