|  

निहारिका भेट्न कानुमन्त्री र महान्यायाधिवक्ता शिक्षण अस्पतालमा

१ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खाती त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

अनशनरत निहारिका राजपुतसँग वार्ताका लागि कानुनमन्त्री शर्मा र महान्यायाधिक्ता खाती बुधबार अपराह्न त्रिवि अस्पताल पुगेका हुन् ।

सम्भवतः निहारिकासँग बुधबार अनशन तोडाउने गरी संवाद अघि बढेको स्रोतले जनाएको छ ।निहारिकाले प्रतिवादी बनाएका शिवराज श्रेष्ठ मंगलबार धनुषाबाट पक्राउ परेका छन् ।