|  

नेकपा एसले माओवादी केन्द्रसँग पार्टी एकता गर्न संयोजन समिति गठन गर्ने

१ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने भएको छ ।

आज बसेको केन्द्रीय समीति बैठकमा कार्यगत एकता वा पार्टी संयोजन गर्नेबारे छलफल भइरहेको पार्टीका एक नेताले जानकारी दिए ।

उनले भने, ‘पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढाएका छौं। उम्मेदवारी चयनका लागि कार्यविधि पारित गरेको छ।’