|  

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलिनै पारित हुने

१ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाको बिहीबारको बैठकबाट नै पारित गरिने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने भएका छन् । प्रतिनिधिसभाको बिहिबार ११ बजे बस्ने बैठकको सम्भावित कार्यक्रमको सूचीमा नागरिकता विधेयकलाई पुनर्विचार गरियोस् र पारित गरियोस् भनेर गृहमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

गृहमन्त्री खाँणले राखेको उक्त प्रस्तावमा सांसदहरूले आफ्ना धारणा राखेपछि गृहमन्त्रीले नै उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । राष्ट्रपतिले साउन २९ गते नागरिकता विधेयक पुनर्विचार गर्न भनेर प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । जसको सत्तारुढ गठबन्धनले विरोध गरेको छ ।