|  

माओवादीले जनयुद्धमा मारिएका सहिदको सट्टामा जाँड खाएर मरेका आफन्तको शालिक बनाएः ओली

१ भदाै, काठमाडाैं ।

एमालेअध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका नेताहरूले जनयुद्धमा मारिएका सहिदको सट्टा जाँड खाएर मरेका आफ्ना आफन्तको शालिक बनाउने काम शुरु गरेको बताएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले युद्धमा मरेका, अङ्गभङ्ग भएका र बेपत्ता भएकाहरूलाई बिर्सिएको बताए ।

‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन् ? हिजो स्कुल छाडेकाहरू कहाँ छन् ? हातखुट्टा भाँचिएका कहाँ छन् ? तीनलाई कहिल्यै सम्झ्या छ ?,’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ ? जाँड खाएर मरेकाको शालिक बनेको छ । युद्धमा मरेकाको शालिक बनेको छ ?’

उनले जनयुद्धका नाउँमा मान्छे उचालेर १७ हजार मान्छे मारिएको बताए । साथै उनले माओवादीका नेताहरूले छोरी बुहारी, भाइ साला सालीका लागि राजनीति गरेकोसमेत आरोप लगाएका छन् ।