|  

साउन अन्त्यसम्म साढे ६३ हजारले श्रम स्वीकृति लिए

१ भदाै, काठमाडाैं ।

चालु आव ०७९/८० को साउन महिनाकाे अन्त्यसम्म गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको ह्वात्तै सङ्ख्या बढेको छ । साउन अन्त्य सम्ममा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जानकारी दिएकाे छ । 

गत आर्थिकवर्षको यसै अवधिमा २५ हजार चार सय २८ नेपालीले श्रम स्वीकृति लिएका थिए । उक्तबेला सबैभन्दा बढी मलेसियाका लागि २४ हजार चार सय ८४ श्रम स्वीकृति जारी भएको छ । कतारमा १२ हजार पाँच सय ७०, संयुक्त अरब इमिरेट्समा आठ हजार एक सय ४०, साउदी अरेबियामा छ हजार सात सय पाँच र कुवेतमा चार हजार दुई सय ८४ श्रम स्वीकृति जारी भएको छ । पाँच देशले मात्रै कूल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन् ।

कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहो¥याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् । कोभिडका कारण मलेसियाले विगतमा श्रमिक जान रोक लगाएकामा २०७८ फागुनदेखि जान सहमति दिएसँगै मलेसिया जानेको सङ्ख्या बढ्दै गएको र समग्रमा विदेशिनेको सङ्ख्या पनि बढेको हाे । गतवर्ष वैदेशिक रोजगारबार १० खर्ब विप्रेषण भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।