|  

मंसिरको चुनाव विप्लवले बहिष्कार गर्ने

१ भदाै, काटमाडाैं ।

आगमी ४ मङ्सिरमा हुन गईरहेको संघीय तथा प्रदेश निर्वाचनमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग नलिने जनाएको छ  । सरकारले पछिल्लोसमय नेताहरूविरुद्ध प्रतिबन्ध लगाएपछि विप्लव समूहले चुनाव बहिष्कार गरेको अनुमान गरिएको छ । 

शान्ति प्रक्रियमा आएपनि अझै पनि मुद्धाहरु फिर्ता नभएको भन्दै सरकारकासँग आक्रोशित चन्द समुहले निर्वाचन प्रयोजनका लागि दल दर्ता नगराएको बुझिएको छ । उता, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा आवद्ध सीपी गजुरेलले भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल पार्टी मार्फत निर्वाचन आयोगमा दल दर्ता गराएका छन्। गजुरेल नेतृत्वको सो मोर्चा बैद्य समुहको एक घटक हो।