|  

चीनको लगानी रहेको पाकिस्तानको ग्वादर बन्दरगाहको भविष्य अन्योलमा

१ भदाै, काठमाडाैं ।

गिर्दो अर्थतन्त्र तथा राजनीतिक अस्थिरताका कारण चीनको लगानीमा निर्माण जारी रहेको पाकिस्तानको ग्वदर बन्दरगाहको भविष्य जोखिमा पर्ने देखिएको छ । ग्वदर बन्दरगाहको एकमात्र लगानीकर्ता चीनले यसमा चासो देखाउन छाडेको बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राजनीतिक एवम् आर्थिक अनिश्चितताबीच यस परियोजनाका लगानी योजनाहरु अलपत्र परेका छन् ।

अमेरिकामा आधारित फाइनान्सियल पोस्टका अनुसार हाल यस परियोजनाका लगानीकर्ताहरुले आफ्नो पैसा चिनियाँ मुद्रा युआनमा सञ्चित गर्न थालेका छन ।

पाकिस्तानी मुद्रा रुपैयाँको मूल्य घट्दै गएको अवस्थामा चिनियाँ लगानीकर्ताहरुले आफ्नो पैसालाई पनि चिनियाँ मुद्रामा नै सञ्चित गर्न थालेको बताइएको छ ।

अन्तरबैंकिङ बजारमा एक अमेरिकी डलर बराबर पाकिस्तानी मुद्राको मूल्य २१५ पाकिस्तानी रुपैयाँ पुगेको छ । यसबाहेक ग्वदर बन्दरगाह परियोजनामा पानी, विद्युतजस्ता अत्यावश्यक वस्तुको पनि अभाव देखिन थालेको बताइएको छ । (एजेन्सीको सहयोगमा)