|  

पाकिस्तानलाई हतियारको पार्टपूर्जा उपलब्ध गराउन चीन असफल

१ भदाै, काठमाडाैं ।

चीनले पाकिस्तानलाई आपूर्ति गरिएका हतियारप्रणालीलाई आवश्यक पर्ने पार्टपुर्जाको उपलब्धता गराउन असफल देखिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानलाई चीनले पाँच वर्षअघि आपूर्ति गरेका जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्रको अवस्था कमजोर रहेको पाइएको छ ।

हतियार प्रणालीले पूर्ण रुपमा आफ्नो काम गर्न पर्याप्त मात्रामा पार्टपुर्जा चाहिने बताइन्छ । यद्यपि चीनले पाकिस्तानलाई यस्ता पार्टपुर्जा आपूर्ति गर्न असक्षम देखिएको रक्षा एवम् भू राजनीतिसम्बन्धी समाचार प्रकाशन गर्ने डिफेसा अनलाइनले जनाएको छ ।

यसबाट चीनको बन्दोबस्ती प्रणालीमा पनि प्रश्न खडा भएको उक्त अनलाइनले जनाएको छ । यदी यही क्रम चलिरहेको खण्डमा यसले पाकिस्तानलाई आफ्नो हवाई क्षेत्रको रक्षा गर्न गम्भीर समस्या पर्ने बताइएको छ ।

सन् २०१७ मा पाकिस्तानले चीनबाट खरिद गरेको एचक्यु–१६ (एलवाई–८०) मध्यम दुरीको विमानभेदी क्षेप्यास्त्र पाकिस्तानी रक्षाप्रणालीका लागि महत्वपूर्ण मानिएको थियो । तर समयसमयमा हुने मर्मतको लागि अावश्यक पार्टपूर्जा उपलब्ध गराउन चीन असफल हुँदा, रक्षाप्रणालीमाथि नै प्रश्न उठेको बताइन्छ ।