|  

जि ट्वेन्टीमा भारतको नेतृत्वः चूनौती र अवसर

विपिन देव 

२६ भदौ, काठमाडौं । जि ट्वेन्टी संसारको आर्थिक गतिविधिलाई परिचालित गर्ने सबभन्दा ठुलो संगठन हो । यस संगठननमा विकसित विकाशिल मुलुकहरूको सहभागिता रहेको छ । सन् १९९९ मा यूरोप र अमेरिकामा आर्थिक संकट भएको बेला जि ट्वेन्टीको अवधारणामा विकसित भएको थियो । खास गरेर सन् २००८ को आर्थिक मन्दीले गर्दा जि ट्वेन्टीको अपरिहार्यतालाई सबै सम्वद्ध राष्ट्रहरूले स्वीकार गरेका थिए । जि ट्वेन्टीमा सम्वद्ध राष्ट्रहरूको आर्थिक आकार विश्व अर्थतन्त्रको ८५५ रहेको छ भने विश्व व्यापारको ७५५ भाग यी मुलुकहरूले ओगटेका छन् । संसारका ४१ वटा वित्तीय संस्थाहरू जि ट्वेन्टीको छाताबाट परिचालित रहेका छन् ।

सन् २०२३, डिसेम्बर १ देखि भारतले जि ट्वेन्टीको अध्यक्षता गर्ने भएको छ । जि ट्वेन्टीमा भारतको नेतृत्वबाट खास गरेर एसिया र अफ्रिका मुलुकहरूले अधिक अपेक्षा राखेका छन् । जि ट्वेन्टीको मञ्चबाट भारतले विगतका दिनमा गरेका प्रयोगहरूको बारेमा समेत विश्व समुदायसंग प्रस्तुत गर्नेछ ।जि ट्वेन्टीका राष्ट्रहरूले आर्थिक रूपमा विपन्न राष्ट्रहरूलाई कोरोनाको खोप उपलब्ध गराउन एउटा अभियानको रूपमा नै थालनी गर्नु पर्दछ । भारतले विद्युतीय प्रविधिलाई प्रचुर मात्रामा प्रयोग गर्दै खोपलाई तथ्याङ्कीय माध्यमबाट दुई विलियन खोप आफ्ना  जनताहरूलाई उपलब्ध गराएको छ । साथ साथै एक विलियन खोप विश्वका विभिन्न कुनाहरूमा समेत उपलब्ध गराएको छ ।

अफ्रिका र एसियाका मुलुकहरूमा अहिले पनि कोरनाको खोप उपलब्ध भइरहेको छैन । केही हदसम्म अभाव देखिएको छ । यस अवस्थामा भारतले जि ट्वेन्टीको मञ्चलाई उपयोग गर्दै कोरनाको खोप वितरणको लागि आवश्यक पहल गर्नु देखिन्छ । विश्व आर्थिक मन्दीको संघारमा देखिएको छ । उर्जा संकट र खाद्य संकट संसारको लागि ठुलो चुनौती भएको छ । यस्तो प्रतिकूल अवस्थामा समेत अन्तराष्ट्रिय मुद्रा कोषको अनुसन्धान अनुसार भारतले ७ देखि ८ प्रतिशतको आर्थिक विकास गरिरहेको अवस्था छ । संसारमा सबभन्दा तीव्र आर्थिक विकास गर्ने ठुलो अर्थतन्त्रमध्ये भारत पनि एक रहेको छ ।  

यस अर्थमा भारतको आर्थिक विकासको कारक तत्वहरूको वारेमा संसारले वडो अभिरूचिका साथ मूल्याङ्कन् गरिरहेको छ । प्रजातान्त्रिक शासन व्यवस्थामा राष्ट्रको सबभन्दा ठुलो दायित्व देशका पीडित र दमित वर्गलाई राष्ट्रिय मूलप्रभावमा समाहित गराउनु हो । अर्थात् राष्ट्रको पुजीमा गरिबको पहुचलाई सुनिश्चित गर्नु हो । कोरोनाको कहरदेखि नै भारतले आफ्ना ८०० मिलियन जनतालाई निःशुल्क भोजन उपलब्ध गराउ‘दै आएको छ । स्पेनिस फ्ल्युको समयमा फ्ल्यु भन्दा पनि जनताहरू भोकले नै बढि आफ्नो ज्यान गुमाएका थिए ।

यो अनुभव र अनुभूतिलाई आत्मसाथ गर्दै भारतले यो प्रयोग गरेको हो । साथ-साथै ४०० मिलियन जनताको बैंक खातामा आर्थिक राहतसमेत उपलब्ध गराएको छ । आधार काड र जनधन योजना अन्तर्गत भारतले आफ्ना जनताहरूको पहुँच  बैंकसंग बढाउन सफल भएको देखिन्छ । भारतमा राहत कार्यलाई प्रत्याभूति गर्न सरकारलाई हम्मे हम्मे हुने गरेको थियो । विचौलियाको विगविगि हरेक संयन्त्रमा सक्रिय थियो । यस अर्थमा प्रत्येक व्यक्तिको खातामा राहत उपलब्ध हुनु एउटा अनुपम प्रयोग हो । अफ्रिकी मुलुकहरूले स्वच्छताको लगाई अहिले पनि लडिरहेको छ ।

महात्मा गान्धीले अफ्रिकामा चर्पी सफाई आन्दोलन चलाएका थिए । जि ट्वेन्टी अन्र्तगत सफा चर्पी सम्वन्धी एउटा गुरूयोजना नै अगाडि आउनु पर्दछ । यसमा समेत भारतको प्रयोगलाई उच्च मूल्याङ्कन् गर्न सकिन्छ । भारतले विगतका दिनहरूमा १०० मिलियन चर्पी निर्माण गरेर जनताहरूलाई उपलब्ध गराएको छ । खुला दिशा मुक्त क्षेत्र घोषणा गरेर यो समस्याबाट उन्मुक्ति पाउन सकिदैन । राज्यले जबसम्म यस क्षेत्रमा आफ्नो  दायित्व लिदैन तबसम्म समाज यस समस्याबाट ग्रसित नै रहन्छ ।

साथ साथै ग्रामीण भेगमा महिलाहरूको स्वास्थ्य अवस्थामा चुल्होको धुवाले प्रतिकूल प्रभाव पारेको देखिन्छ । यो सत्यलाई मध्य नजर गर्दै भारतले उज्जबल योजनालाई परिचालित गर्दै ९३ मिलियन जनतालाई निःशुल्क एल.जी.पी. ग्यास सिलिन्डर उपलब्ध गराएकोे देखिन्छ । साथ-साथै प्रधानमन्त्री आवास योजना अन्तर्गत शहरी क्षेत्रमा ७ मिलियन जनतालाई आवरण राज्यले प्रदान गरेको छ भने ग्रामीण क्षेत्र १८ मिलियन घरहरू गरिव र पीडित वर्गलाई राज्यले प्रदान गरेको छ ।

वास्तवमा भारतले गरेको यो प्रयोगलाई अफ्रिकाका विभिन्न मुलुकहरूले अनुकरण गरेको देखिन्छ । त्यस्तै स्वास्थ्य विमा योजना अन्तर्गत  ४५० मिलियन जनताहरूलाई विमित समेत गरेको छ ।जि ट्वेन्टीको सबभन्दा ठुलो चूनौती आयत र निर्यातमा सन्तुलन ल्याउनु हो । व्यापार घाटा गरिव राष्ट्रहरूको लागि ठुलो चूनौती हो । त्यस अर्थमा व्यापार घाटालाई सन्तुलन गर्न उत्पादनमा बढि जोड दिनु पर्ने हुन्छ ।

भारतले र्नियातमा फड्को नै मारेको देखिन्छ । विगत वर्षमा भारतले ६७० विलियन अमेरिकी डलरको निर्यात गरेको देखिन्छ  भने विदेशी पुजी  भण्डारन (एफ.डी.आई)मा पनि उल्लेख्य वृद्धि गरेको देखिन्छ । जि ट्वेन्टीको प्रमुख मुद्दाहरूमध्ये राष्ट्रिय सुरक्षा पनि एक महत्वपूर्णक मुद्दा हुनु पर्दछ । आसियानका मुलुकहरू चिनिया आक्रामकताबाट आक्रान्त छन् । जापान पनि आफ्नो सुरक्षा खर्चमा व्यापक वृद्धि गरिरहेको अवस्था छ ।

अष्ट्रेलिया पनि चीनिया दबावसंग जुद्ध अमेरिका र बेलायतसंग ‘अक्स’ सम्झौता गरेको छ । ‘ताइवान’ सबभन्दा ठुलो हट स्पट (तनाब क्षेत्र) भएको छ । भारत डोक्लामदेखि ग्लबानसंग चीनसंग वोर्डरमा ऑखामा ऑखा जुधाइरहेको छ । भारतको अध्यक्षतामा जि ट्वेन्टीले राष्ट्रिय सुरक्षा आर्थिक उपनिवेशबाद विरुद्ध विभिन्न नीति र कार्यक्रमहरू अगाडि ल्याउनु पर्दछ । चीनिया आर्थिक नीतिले गर्दा श्रीलङ्का, पाकिस्तान, युगाण्डा लगायत अफ्रिका विभिन्न मुलुकहरू ऋणको तनाबमा रहेको छ ।

अफ्रिकी मुलुकहरूले उच्च व्याज दरमा चीनिया ऋण लिई विकास र्निमाण योजना परिचालित गर्नु परेको छ । यस प्रतिकुल अवस्थामा जी टेउन्टीले चीनिया लगानीको प्रतिउत्तरमा आर्थिक परियोजना र आयोजनाहरूलाई अगाडी सार्नु पर्ने टड्काराचे आवश्यकता देखिन्छ । अर्थात् भारतको अध्यक्षताले केही मौलिक मुद्दाहरूलाई सम्बोधन गर्न सक्ने आशा गर्न सकिन्छ ।