|  

लामिछानेलाई क्यानले कानुनी सहयोग नगर्ने सचिव मल्लको खुलासा ! (भिडियोसहित)

२६ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

उनीविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ ।

बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको बताइएको छ ।

क्यानले भनेको छ, ‘नेपाल राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसूरमा मिति २०७९ भदौ २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थमा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टीमबाट निलम्बन गरिएको छ।’
 

 ;