|  

भिआइपी सवारका कारण आम जनतालाई सास्ती !

बेली गिरी 
२८ भदौ, काठमाडौं । 
हिजो (सोमबार)दिउँसोदेखि काठमाडौं उपत्यका भित्रको ट्राफिक चापका कारण आम जनताहरु निकैनै सास्तीमा परेका छन् । लामो जामका कारण आम यात्रुहरु समयमा गन्तव्यमा पुग्न पाएनन् ।

यति धेरै जाम हुनुको कारण थियो–चिनियाँ जन कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण ।हुन त नेपालमा यस्ता जामका घटनाहरु दैनिक रुपमा हुने गर्दछ । हुन त नेपालीहरु यस्तो जामको सामना अरु बेला पनि नगरेका होइन् । चाँहे राष्ट्रपतिको सवार होस या प्रधानमन्त्री, मन्त्री जसको सवार भएपनि लामो समयसम्म आम नेपालीहरुले भोग्दै आएका छन् । चाँहे तातो घाम होस वा पानी, जाडो होस या गर्मी, बिरामी होस, या स्कुल जाने विद्यार्थीदेखि लिएर विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी !

तर, त्यस्ताजाम त सामान्य नै थियो बेला-बेलामा हुने भिआइपी सवारी जस्ले आम जनतालाई निकै सास्ती बनाउने गरेको छ । यसैबीच अध्यक्ष ली चान्सुको नेपाल भ्रमण जस्ले हिजोदेखि सवारी अगामनमा निकै नै प्रभाव पारेको छ । हिजो दिउँसो करिब ३ बजे ली काठमाडौं आइपुगेका थिए । ली काठमाडौं आइपुग्नु अगावै उनको सुरक्षाकालागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो भने, जाम पनि उत्तिकै थियो । यति मात्रहोइन उनको सुरक्षाका लागि भन्दै प्रहरीले विमानस्थलदेखि ली बस्ने होटल सोल्टीसम्मको सडक खाली गराएको थियो ।

जसकाकारण उक्त क्षेत्र हुँदै आवतजावतगर्ने लगायत उपत्यकाका तीनवटै जिल्लामा जामले असर पारेको थियो ।सो जाम सोमबार बेलुकाकिरब ८ बजेपछि मात्रै कम भएको थियो ।ली भ्रमणका क्रममा भएको हिजो को त्यो जाम जस्ले विभिन्न निजितथा सार्वजनिक सवारी त्यत्तिमात्र होइन एम्बुलेन्स सम्मपनि उक्त जाममा सामिल भएको थियो । हाम्रो सरकारसँग कुनै भिआइपी आउँदायति ठूलो मात्रामा सुरक्षादिन सक्ने क्षमता छ तर, जनतालाई सुरक्षादिनको लागि सरकारसँग केही छैन ।

आखिर किनयति भेदभाव?सरकारले भिआइपी सवारी हुँदा आम जनतामा पर्ने समस्या किन ख्याल गर्दैन ? के सरकारलाई जनताको बारेमा अलिकतिपनि चासो नभएको हो ?आम जनताले यात्राका क्रममा दैनिक मात्रामा घाम, धँवा, धुलो, पानी, गर्मी,चिसो जस्ता कुरालाई सामना गर्दै आएका छन् । नेपाल सरकाले जनताको मर्मलाई किन बुझ्दैँन?राजधानीमा बेला बेलाहुने आन्दोलन, ¥याली, भिभीआईपीको सवार जसका कारण कतिपयव्यक्ति मृत्युको अवस्थामा समेत पुगेका हामी सुन्दै आएका छौं । कारण के भन्दा सिकिस्त बिरामी लिएर उपचारको क्रममा हिडेको एम्बुलेन्सले पनि उक्त जामको सामना गर्नु पर्दछ । र बिरामीको समयमै उपचार हुन पाउँदैन जस्ले गर्दा बिरामीको मृत्यु सम्म हुन्छ ।

भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेका छन् । जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यान भन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन । यता विद्यार्थीहरुमा समयमा विद्यालय नपुग्दा शिक्षकको गाली खान पर्ने साथै पाले दाइले विद्यालयमा प्रवेश गर्न नदिने गरेको कारण यसै घर फर्किनु परेको घटना पनि हामीले सुन्दै अनि भोग्दै आएका छौं ।

साथै रोजगारका लागि काठमाडौं आएर विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीहरु जो समयमा कार्यालय पुग्न नपाएका कारण जागिर नै गुमाउने अवस्थामा पुगेका घटनाहरु पनि बिरलै छन् ।यतिगर्दा पनि सरकार   जनतालाई कति असर परिरहेको छ भन्ने बारेमा बेखबर नै छ । यदि भिआइपीहरु एकदिन मात्र जनता सरह जीवनशैली यापन गर्ने हो भने सायद भिआइपीहरुलाई पनि जनताको मर्म बुझ्न सहज हुन्थ्यो कि ? हुन सक्छ भिआइपीहरुलाई एक क्षेत्रबाट अक्रो क्षेत्रमा तय गरिएको समयमा पुग्नुपर्ने हुन्छ ।

जसका कारण पनि जाम पर्ने अवस्था सिर्जना भएको हो ! तर यदि भिआइपीहरुले आफ्नो समयभन्दा केही अगाडिनै निस्कने हो भने जाम पर्ने सम्भावना कम हुन्छ । जसले उनीहरु लगायत जनतालाई पनि सहज हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री तथा उच्च तहका व्यक्तिको सवारीका कारण जनताले भोग्नु परेको सास्ती अवर्णनीय छ । यही व्यवहार र प्रवृत्तिकै कारण जनतामा निराशा छाउनु स्वभाविकै पनि हो ।

देशको यस्तो अवस्था देख्दा संघीय गणतन्त्रात्मक मुलुकका रुपान्तरण भइसक्दा पनि व्यबहारतः राजतन्त्र यथावत छ भन्दा फरक नपर्ला । देशमा प्रजातन्त्र आइसक्दा पनि भिआइपीहरुको राजकीय सवारले देशमा अझै राजतन्त्र नै भएको महशुस हुन्छ । नेपाली नागरिकले न्याय, शान्ति, सुरक्षा र समृद्धि खोजिरहेका छन् । तर, जनताको आशा निराशामा बदल्ने खालको हर्कत उनै जनताले गद्धीमा पुर्याएका व्यक्तिबाट भइरहेको छ ।

बेला-बेलामा राजकीय रुपमा हुने सवारका कारण जनताले भोग्नु परेको समस्या त छदैँछ । यता कोरोना महामारीका कारण लामो समयको बन्दाबन्दीपछि जनजीवन सहज हुँदै गर्दा राजधानीको सवारी व्यवस्थापन भने दैनिक रुपमा अस्तव्यस्त देखिन्छ। ट्राफिक व्यवस्थापनमा ठूलो समस्या देखिएको छ।

ठूला सडकको जाम छल्नलाई स-सानागल्लीका बाटो प्रयोग गर्दा त्यहाँसमेत असामान्य सवारी जाम देखिन्छ। दैनिक रुपमा हुने सवारी जाम साथै बेला-बेलामा हुने भिआइपी सवार जाम नियन्त्रण गर्न कुन क्षेत्रबाट कसले के पहल गर्न पर्ने हो त्यसमा सबैले ध्यान दिन आवश्यक छ । आशा गरौ सरकाले आफूलाई जस्तै कडा सुरक्षा जनतालाई पनि दिन सकुन् !