१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन बारे चेतावनी दिएका छन ।
शुक्रबार एक अन्तर्वार्तामा उनले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गरेमा त्यसको अन्तर्राष्ट्रिय स्तरमा नराम्रो नतिजा आउने बताएका हुन् । उनले भने, ‘त्यसो नगर । यदि यसो गर्नुभयो भने, तपाईंले दोस्रो विश्वयुद्ध पछि एकपटक पुनः युद्धको मुहार फेर्नुहुनेछ ।’
रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाको प्रतिक्रिया कस्तो हुन्छ भनेर बाइडेनलाई प्रश्न सोधिएको थियो । जवाफमा उनले भने, ‘यदि तपाईंलाई म हु–ब–हु प्रतिक्रिया दिन्छु भन्ने लागिरहेको छ भने फिटिक्कै त्यस्तो गर्ने छैन । उनी विश्वमा पहिलेको भन्दा पनि धेरै नै एक्लिनेछन । र उनले जे गर्नेछन् त्यसैका आधारमा हाम्रो प्रतिक्रिया कस्तो हुनेछ त्यो निर्धारण गर्नेछौँ ।’