|  

राष्ट्रपति भण्डारीद्धारा प्रतिनिधिसभाको अधिवेशन अन्त्य

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए ।