|  

रामहरि खतिवडाद्धारा अछाम घटनाप्रति दुःख व्यक्त 

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बाढी र पहिरोले अछाममा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

खतिवडाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस राख्दै अविरल वर्षाका कारण अछाममा ठूलो धनजनको क्षति भएको र सरकारले  तुरुन्तै  उद्दार  र राहतको ब्याबस्था गरेकोमा गृहमन्त्री  र सरकार लाई  धन्यवाद पनि दिएका छन् ।

उनले लेखेका छन्,‘ पहिरोका कारण अछाममा जनको मात्र क्षति भएको छैन, धनमा पनि उत्तिकै क्षति भएको छ,सरकारले  तुरुन्तै  उद्दार  र राहतको ब्याबस्था गरेकोमा गृहमन्त्री  र सरकार लाई  धन्यवाद ।’
No description available.