|  

स्नातक तह प्रवेश परीक्षाको नतीजा सार्वजनिक 

२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय,व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातक तह प्रवेश परीक्षा (सिम्याट) को नतीजा सार्वजनिक गरेको छ ।

भदौं ३० गते सञ्चालन गरेको बिबिए, बिटिटिएम, बिएचएम,बिबिएम, बिएमएस, बिपिए, बिबिए एफ कार्यक्रमको प्रवेश परीक्षा (सिम्याट) को नतीजा सार्वजनिक गरेको हो । भर्नाका लागि लिइएको सिम्याट २०२२ परीक्षामा उतिर्ण विद्यार्थीलाई भर्नाका लागि सम्बन्धित क्याम्पस, कलेजले तोकिएको आधारमा भर्नाका लागि आवश्यक प्रक्रिया अबलम्बन गर्न निर्देशन दिएको छ ।

साथै नियमित भर्नाका लागि विद्यार्थी छनौट भई सूची प्रकाशन गर्दा तोकिएको सिट संख्याका आधारमा योग्यताक्रम अनुसारको भर्ना योग्य सुची प्रकाशन गर्नुपर्ने जनाएको छ । यदी प्रथम सूचीमा दिइएको समयभित्र भर्ना हुन नआएमा अनिवार्य रुपमा दास्रो, तेस्रो तथा आवश्यकता अनुसारको योग्यता सूची प्रकाशन गरी सोही आधारमा भर्ना गर्नुपर्ने छ ।